कारबाहीमा सात तालिबान लडाकू मारिए

कलात, ७ असार : अफगानिस्तानको दक्षिण प्रान्त जाबुलमा तालिबान लडाकूविरुद्ध आफगान सुरक्षा बलले गरेको कारबाहीको क्रममा भएको झडपमा परी कम्तीमा सात तालिबान लडाकू मारिएका छन् । अफगान सेनाले शनिबार जारी गरेको एक विज्ञप्तिमा उक्त जानकारी दिएको छ ।

शुक्रबार साँझ सो प्रान्तको डेचोपान जिल्लामा अफगान सुरक्षा बल र तालिबान लडाकूबीच भएको झपडमा सात लडाकूको मारिनुको साथै अन्य १३ घाइते भएको सेनाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस कारबाहीको क्रममा सुरक्षा बलले लडाकू समूहको हातहतियार र मोटरसाइकलहरु पनि कब्जा लिएको बताइएको छ । यस कारबाहीमा सुरक्षा बलतर्फ भने कुनै मानवीय क्षति नभएको बताइएको छ । यस कारबाहीको तालिबान लडाकू समूहले भने कुनै टिप्पणी गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.