प्रदर्शनमा ठूलो सङ्ख्यामा नागरिक घाइते बनेपछि जर्जियाका सभामुखद्वारा राजीनामा 

टिविलिसी, जर्जिया, ६ असार : आन्दोलनमा ठूलो सङ्ख्यामा नागरिक तथा सुरक्षाकर्मी घाइते भएपछि जर्जियाका सभामुख इराक्ली खोबाखिजेद्वारा शुक्रबार राजिनामा दिनुभएको छ ।

उहाँ जर्जियाको सत्ताधारी दल जर्जिया ड्रिम पार्टी (खाखा खालाजे) का महासचिवसमेत हुनुहुन्छ ।

सभामुखले आफूको राजिनामा जर्जियाली ड्रिम पार्टीको जनताप्रतिको उच्च सम्मानका लागि गरिएको निर्णय रहेको बताउनुभएको जर्जियाली पहिलो टेलिभिजन च्यानलले बताएको छ ।

संसद भवन नजिकै सांसदसमेतको सहभागितामा भएको आन्दोलनकारीहरूको विरोध प्रदर्शनमा ४० प्रहरीसहित २४० जना घाइते भएका यहाँका स्वास्थ्यमन्त्री जाजा बोखुवाले बताउनुभयो ।

घटनामा घाइते भएका नागरिकमध्ये दुई जनालाई गम्भीर चोट लागेकोले उनीहरूको शल्यक्रिया भइरहेको छ भने बाँकी १०२ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.