पूर्वी अफगानिस्तानमा हवाई कारबाही
घज्नी, ३ असार : अफगानिस्तानको गज्नी प्रान्तमा अफगान वायु सेनाले गरेको हवाई कारबाहीमा एक जना तालिबान कमान्डर सहित कम्तीमा नौ जना लडाकूको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।
प्रान्तीय गभर्नरका प्रवक्ता आरेफ नूरका अनुसार गज्नी प्रान्तको अन्डार जिल्लामा सेनाले सोमबार कारबाही गरेको बताउनुभयो । कारबाहीमा गैरसैनिक व्यक्तिहरु हताहत भएको कुनै खबर प्राप्त नभएको पनि प्रवक्ता नूरले जानकारी दिनुभयो ।
उक्त घटनाका बारेमा तालिबान विद्रोहीका तर्फबाट कुनै प्रतिक्रिया प्राप्त भएको छैन ।
