कारागारमा झडप हुँदा दश जनाको मृत्यु

पाराग्वे, २ असार : पाराग्वेको सान पेड्रो कारागारमा आइतबार भएको झडपका क्रममा कम्तीमा दश जनाको मृत्यु भएको छ ।

मृत्यु भएका मध्ये पाँच जनाको टाउको काटेर हत्या भएको पाराग्वेको राज्यद्वारा संचालित सञ्चार माध्यमले जनाएको छ ।

अधिकारीहरूलाई उद्धृत गर्दै संप्रेषित समाचारमा चार जनाको आगो नियन्त्रण गर्ने क्रममा र अर्का एक जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उल्लेख छ ।

दुई आपराधिक समूहका बीचमा हुलदङ्गा भएको र त्यस क्रममा अरु दश जना घाइते पनि भएको अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.