परम्परागत संस्कृति बचाउन दुई हजार विद्यालय छनौट
बेइजिङ, ३१ जेठ : देशको परम्परागत कला संस्कृतिलाई जोगाउनका लागि चीनका दुई हजार विद्यालय छनौट गरिएको छ ।
शिक्षा मन्त्रालयतले शुक्रबार दिएको जानकारी अनुसार ती विद्यालयहरूमा कला संस्कृतिको संरक्षणका लागि विभिन्न क्रियाकलापहरु गरिनेछ ।
मन्त्रालयले त्यसका लागि मातहतका निकायलाई सार्वजनिक रुपमै निर्देशन समेत जारी गरेको अधिकारीहरूले जनाएका छन् ।
छनौट भएका विद्यालयहरुले चीनका परम्परागत लोक सङ्गीत, कला, नृत्य, गीतिनाटक, हस्तलिपि, शिल्प र खेलहरू सिकाउनु पर्नेभएको छ ।
शिक्षा र परम्परागत कला संस्कृतिलाई सँगसगै अगाडि बढाउने गरी विद्यालयहरुको छनौट गरिएको हो । उनीहरूले निश्चित निर्देशिकाका आधारमा काम गर्नेछन् ।
