कतारी अमिरले ह्वाईट हाउसमा ट्रम्पलाई भेट्ने

वासिङ्टन, २४ जेठ : कतारका अमिर शेख तमिम बिन हमद अल थानीले अर्को महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नुहुने भएको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसमै उहाँले ट्रम्पलाई भेटेर अरबी मुलुकहरुमा भइरहेको तनावका बारेमा छलफल गर्नुहुने भएको छ ।

कतारका छिमेकी अरबी मुलुकहरुले झण्डै दुई बर्षदेखि कतारविरुद्ध नाकाबन्दी गर्दै आएका छन् । अमिर थानीले राष्ट्रपति ट्रम्पलाई नाकाबन्दी फिर्ताका लागि पहल गर्न तथा दवाव दिन आग्रह गर्नुहुने भएको छ ।

अमिरले ट्रम्पलाई वासिङ्टनमा यही जुलाई ९ तारिखका दिन भेट्नुहुने कार्यतालिका रहेको छ । भेटवार्ताका क्रममा उहाँहरुले आतङ्कवाद विरुद्धको सहकार्य, क्षेत्रीय राजनीति, सुरक्षालगायतका विषयमा छलफल गर्नुहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.