जयशंकरद्वारा भूटानी प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा 

थिम्पु, भुटान, २४ जेठ : भारतका विदेशमन्त्री एस जयशङ्करले भूटानका प्रधानमन्त्री लोटाय शेरिङलाई भारत भ्रमणका लागि निमन्त्रणा गर्नुभएको छ ।

विदेशमन्त्री भएपछिको पहिलो विदेश भ्रमणका क्रममा भूटान आउनुभएका जयशङ्करले शुक्रबार प्रधानमन्त्रीलाई निमन्त्रणा गर्नुभएको हो ।

भेटपछि ट्वीट गर्दै उहाँले दुई पक्षीय हित र साझेदारीका विषयमा भेटवार्ता उपलब्धिमुलक नै भएको उल्लेख गर्नुभएको छ ।

उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भूटानी समकक्षीलाई निमन्त्रणा पत्र दिएको पनि ट्वीटर मार्फत् जानकारी दिनुभएको हो ।

भूटान विमेस्टेक राष्ट्रहरूको सदस्य भएकाले गत मे ३० मा भएको प्रधानमन्त्री मोदीको सपथग्रहण समारोहमा भुटानी प्रधानमन्त्री पनि सहभागी हुनुभएको थियो ।

गत मे ३१ तारिखका दिन भारतको विदेश मन्त्रालयको जिम्मेवारी पाउनुभएका जयशङ्करले भूटान भ्रमणका क्रममा उहाँका समकक्षी डा. तान्डी दोर्जीलाई पनि भेट्नु भएको छ ।

उहाँहरुका बीचमा पनि आपसी हित, साझा चासो र संयुक्त क्रियाकलापहरुका बारेमा छलफल भएको अधिकारीहरुले जनाएका छन् ।

दुई दिने भ्रमणको शिलशिलामा भारतीय विदेशमन्त्री जयशङ्करले भूटानका राजा जिग्मे खेसर नाम्ग्येल वाङ्चुकलगायत अन्य विशिष्ट व्यक्तिहरुलाई पनि भेट्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.