साझेदार मुलुकमा फाइभ–जीलगायतका प्रबिधि पु¥याउन तयार छ : राष्ट्रपति सी 

सेन्ट पिटर्सवर्ग, रूस, २४ जेठ : चीनले फाइभ–जी तथा अन्य प्रबिधिजन्य ज्ञान आफ्ना सबै साझेदार राष्ट्रहरूमा पु¥याउन तयार रहेको चीनका राष्ट्रपति सी चिनफिङले शुक्रबार बताउनुभएको छ ।

“खासगरी फाइभ–जीजस्ता प्रबिधिजन्य आविस्कारलाई सबै सहयोगीसम्म पु¥याउन र यसबाट उनीहरूलाई प्रबिधिको लाभ दिन बेइजिङ सधैँ तयार छ,” राष्ट्रपति सीले रूसी शहर सेन्ट पिटर्सवर्गमा आयोजित आर्थिक मञ्चलाई सम्बोधन गर्ने क्रममा बताउनुभयो ।

ताररहित फाइभ–जी नेटवर्कमा अमेरिकासँग कडा प्रतिस्पर्धामा अघि बढिरहेको चीनले विश्वव्यापी नेतृत्व लिन प्रयास गरिरहेको समय राष्ट्रपतिको उक्त भनाई आएको हो ।

वासिङ्टनले विश्व बजारमा विशेष स्थान लिने पक्कापक्की भैसकेको फाइभ–जी प्रबिधिको प्रमुख निर्यातकर्ता चिनियाँ टेलिकम कम्पनी हुवावेलाई कालोसूचीमा राखेको सन्दर्भमा चीनको उत्पादन विश्व विकासका लागि भएकोले यसलाई प्रयोग गर्न आनाकानी गर्नु कुनै पनि देशको आफैमा विरोधाभासपूर्ण कार्य भएको राष्ट्रपति सीको भनाई थियो ।

रूसी राष्ट्रपति पुटिनसमेत सहभागी मञ्चमा बोल्दै सीले भन्नुभयो, “चीनले समानता र आपसी सम्मानका आधारमा अर्थपूर्ण सहकार्य गर्न चाहन्छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.