चिनियाँ राष्ट्रपतिले रुसको भ्रमण गर्ने

बेइजिङ, १५ जेठ : चीनका राष्ट्रपति सी चिनफिङले आगामी जुन ५ देखि ७ सम्म रुसको भ्रमण गर्नुहुने भएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणमा राष्ट्रपति सी रुसको भ्रमण गर्न लाग्नुभएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले घोषणा गरेका छन् ।

राष्ट्रपति सीले रुसमा रहँदा २३औं सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चको बैठकलाई सम्बोधन गर्नुहुने पनि प्रवक्ता लु काङले बताउनुभयो ।

दुबै नेताबीच द्वीपक्षीय सम्बन्धका साथै अन्तर्राष्ट्रिय मामिलाका बारेमा छलफल गर्नुहुने काङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.