अष्ट्रेलियाली प्रधानमन्त्रीको सपथ 

क्यानबेरा, १५ जेठ : अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले पुनः प्रधानमन्त्री पदको सपथ लिनुभएको छ । मरिसनको मन्त्रिमण्डलमा पहिलोपटक सात जना महिलाको सहभागिता रहेको छ ।

मरिसनले बुधबार बिहान गभर्नर जनरल पिटर कोसग्रोभ समक्ष सपथ लिनुभएको थियो ।

प्रधानमन्त्री मरिसनको नेतृत्वमा रहेको नेसनल पार्टी कोएलिसन (एलएनपी) गत मे १८ मा भएको आम निर्वाचनमा विजयी भएको थियो । एलएनपीको यो लगातार तेस्रो जित हो ।

विपक्षी अष्ट्रेलियन लेबर पार्टी भने पुनः पराजित भएको छ । नयाँ मन्त्रिमण्डलमा पुराना र वरिष्ट नेताहरुलाई पुनः सहभागी गराउने मरिसनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.