कुश्नरसहितको अमेरिकी प्रतिनिधिमण्डल मध्यपूर्वको भ्रमणमा
वासिङ्टन, १४ जेठ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी तथा ज्वाईँ जरेद कुश्नर मोरक्को, जोर्डन तथा इजरायलको यात्राका लागि प्रस्थान गर्नुभएको मङ्गलबार वासिङ्टनले जानकारी गराएको छ ।
प्रश्तावित अमेरिकी शान्ति योजनाबारे नयाँ चरणको वार्ता तथा छलफलका लागि उहाँले ती मुलुकको भ्रमण गर्न लागेको अमेरिकी अधिकारीले बताएका छन् ।
कुश्नरका साथ उक्त प्रतिनिधिमण्डलमा ट्रम्पका अन्तर्राष्ट्रिय विशेष वार्ता प्रतिनिधि जेसन ग्रीनब्लाट र इरानका लागि अमेरिकी विशेष प्रतिनिधि ब्रेन हुक रहनुभएको ह्वाइट हाउसले जनाएको छ ।
उनीहरूको भ्रमण मे २७ मा शुरू भै मे ३१ मा टुङ्गिने गरी तय भएको र उक्त अवधिमा रवात, अम्मान र जेरूसेलम पुगी त्यहाँका अधिकारीहरूसँग मध्यपूर्वको शान्तिवार्ताका लागि अमेरिकाले तयार पारेको खाकामा छलफल गर्ने योजना रहेको छ, ह्वाइट आउसका एक प्रतिनिधिले नाम उल्लेख नगर्ने शर्तमा बताए ।
