कठिन अवस्थामा अवतरण गर्दा अमेरिकी सैनिक विमान ध्वस्त

काबुल , ११ जेठ : अफगानिस्तानमा अमेरिकी सैनिकको एक हेलिकोप्टर कठिन अवस्थामा अवतरण गर्दा ध्वस्त भएको छ । यस हेलिकोप्टरमा सवार रहेका यात्रु र चालकदलका सदस्य घाइते भएका अमेरिकी सेनाका अधिकारीहरुले जानकारी दिएका छन ।
हेलमान्ड प्रान्तमा एक मिसनमा गएको ‘सिएच–४७ चिनूल’ अमेरिकी हेलिकोप्टर यात्रुहरुलाई अवरतरण गराउन क्रममा कठिन अवस्था आइपरेको अमेरिकी सैन्यबलका प्रवक्ता कर्नेल डेभिड बुट्लरले बताउनु भएको छ ।
बुट्लरका अनुसार हेलिकोप्टर अवतरणको क्रममा पूर्ण रुपमा ध्वस्त भएको थियो ।
यस हेलिकोप्टरमा सवार रहेका अमेरिकी र अफगान सेना घाइते भएका र हाल अवस्था स्थिर रहेको सुधारको आशा गरिएको बुट्लरले एएफपी समाचार समितिलाई बताउनु भएको छ ।
यस घटनाका कुनै शुत्रको आक्रमण नभएको पनि उहाँले बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.