पाकिस्तानी क्रिकेट प्रमुखद्वारा राजीनामा

कराची, ८ भदौ : पाकिस्तानका क्रिकेट प्रमुख नजाम सेथीले राजीनामा दिनुभएको छ ।

पुर्व क्रिकेटर समेत रहनुभएका इमरान खान नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएपछि क्रिकेट प्रमुख सेथीले राजीनामा दिनुभएको हो ।

पुर्वप्रधानमन्त्री नवाज शरीफको पक्षमा सन् २०१३ मा भएको निर्वाचनमा धाँधली गर्न सहयोग गरेको आरोप खानले सेथीलाई लगाउनु भएको छ ।

सेथीलाई शरिफले पाकिस्तान क्रिकेट वोर्ड (पीसीबी)मा नियुक्त गर्नु भएको हो । अध्यक्षका रुपमा उहाँको कार्यकाल सन् २०२० मा सकिने भएपनि उहाँले अहिले नै राजीनामा दिनु भएको बताइएको छ ।

“सहज तरिकाले काम गर्ने वातावरण नभएको र आफ्नो जिम्मेवारी पुरा गर्न गाह्रो हुने देखिएकाले मैले क्रिकेट वोर्डबाट राजीनामा दिने निर्णय गरेको हुँ,” सेथीले ट्वीटर मार्फत् सार्वजनिक गर्नु भएको राजीनामा पत्रमा उल्लेख छ ।

“क्रिकेट वोर्डले आगामी दिनमा क्रिकेट टिमलाई अझ शसक्त बनाउदै राम्रो प्रस्तुतिका लागि वातावरण वनाइदिने छ भन्ने मैले विश्वास लिएको छु,” उहाँले लेख्नुभएको छ ।

प्रधानमन्त्री खानले सेथीको ठाउँमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का पुर्व अध्यक्ष हसन मानीलाई नियुक्त गरिसक्नुभएको छ । उहाँलाई नियुक्त गरेपछि खानले ट्वीटरमा लेख्नु भएको छ, “मानीले आफ्नो काममा मूल्यवान् अनुभव र व्यापक परिवर्तन गराउनुहुने छ ।”

पदत्याग गर्नु भएका सेथी पाकिस्तानको राष्ट्रिय साप्ताहिक द फ्राईडे टाइम्सका सम्पादक समेत हुनुहुन्छ । त्यस पत्रिकामा खानको व्यङग्यात्मक नियमित स्तम्भ पनि छापिने गथ्र्याे ।

सन् २०१६ मा सेथीकै नेतृत्वमा पाकिस्तान सुपर लिग आयोजना गरिएको थियो । त्यसलाई पाकिस्तानमा २० बर्षमाथिको क्रिकेट खेलको विकासमा ठूलो योगदान पु¥याएको प्रतियोगिताका रुपमा लिइन्छ । टि ट्वान्टी टिममा पाकिस्तान अहिले पनि विश्वकै अग्रस्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.