पेरु र ब्राजिलको सीमानामा शक्तिशाली भूकम्प

वासिङ्टन, संयुक्त राज्य अमेरिका, ८ भदौ : पेरु र ब्राजिलको सीमा क्षेत्रमा शुक्रबार ७.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस)ले जनाएको छ ।

ग्रीनविच समय अनुसार विहान ९ बजे गएको भूकम्पको केन्द्रविन्दु पेरुको आइबेरिया शहरको १४० किलोमिटर पश्चिममा जमिनको सतहदेखि ६०९ किलोमिटरको गहिराईमा रहेको भूयुएसजीएसले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु ग्रामिण इलाकामा रहेकोले यसबाट भएको क्षतिको विवरण समाचार तयार पार्दासम्म प्राप्त भैसकेको छैन ।

पेरुको दक्षिणी क्षेत्रमा यस पहिले सन् २००१ मा ८.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्प र यसबाट आएको सुनामीका कारण ७४ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.