महिलाद्वारा मात्र रातो मच्छिन्द्रनाथको रथ तान्ने कार्यक्रम सम्पन्न
मच्छिन्द्रनाथको रथमा लगाइएको दुईवटा डोरीमा दुई लाइन बसरे महिलाले ठटिटोल चारदोबाटोबाट दुईदेखि तीन मिनेट पर रथ तानेर लगेका ललितपुर महानगरपालिका–७ मच्छिन्द्रबहाल घर भएका ७० वर्षीय सूर्यमान ढङ्गोलले जानकारी दिनुभयो ।
“जात्रामा महिलाले मात्र रथ तान्ने उक्त कार्यलाई नेवारी भाषामा ‘याक मिसा भुजा’ भन्ने गरिन्छ”, उहाँले भन्नुभयो, “करीब एक सयदेखि १५० महिला बिहान रथ तान्न आएका थिए ।”
परापूर्वकालमा महिलाले रथ तान्न गएपछि मच्छिन्द्रनाथ खुशी भई अलि पर सरेको नेवार समुदायमा जनविश्वास रहेको छ । आउँदो बिहीबार ज्योतिषीहरुले साइत हेरेपछि कहिले रथ जाउलाखेल लाने भन्ने एकिन केही दिनमा हुने उहाँले जानकारी दिनुभयो ।
