भारत भ्रमणमा इरानी विदेश मन्त्री

नयाँ दिल्ली, ३१ बैशाख : इरानी विदेश मन्त्री जाभेद जारिफ सोमबार राति नयाँ दिल्लीको भ्रमणमा पुग्नु भएको छ । उहाँले मङ्गलबार आफ्ना भारतीय समकक्षी शुष्मा स्वराजसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

सन् २०१९ भित्रै इरानी विदेश मन्त्री जाभेदको भारतको यो दोस्रो भ्रमण हो । यसअघि उहाँले उहाँले सन् २०१९ को जनवरी ७ देखि ९ भारतको भ्रमण गर्नुभएको थियो । दुई मन्त्रीबीच मङ्गलबार हुने भेटवार्तामा इरान र संयुक्तराज्य अमेरिकाबीच हाल जारी विवादको विषयमा पनि वार्ता हुने जनाइएको छ ।

करिब दुई हप्ता अगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रतिबन्ध घोषणा गरे पनि तेल आयात गरिरहेका मुलुकहरुले अब त्यस्तो छुट नपाइने घोषणा गरेपछि तेल आयातमा कठिनाई उत्पन्न भएको छ ।

त्यस्तो छुटको उपभोग भारत लगायत दक्षिण कोरिया, जापान, चीन समेतका मुलुकले गरिरहेका थिए । भारतलाई आवश्यकता रहेको कुल तेलको करिब १० प्रतिशत इरानले आपूर्ति गर्दै आएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.