भोडाफोनको नोक्सानी सात अर्ब युरोभन्दा बढी

लन्डन, ३१ बैशाख : बेलायती दूरसञ्चार कम्पनी भोडाफोनले वार्षिक नोक्सानी करिब ७ अर्ब ६० करोड युरो पुगेको मङ्गलबार जनाएको छ ।

वित्तीय वर्ष सन् २०१८–२०१९ मा कम्पनीको नाफामा पनि कमी आएको भोडाफोनले जनाएको छ । खासगरी भोडाफोन इन्डियाको शेयर बिक्री गरेपछि कम्पनीको घाटा बढेको देखिएको छ ।

भोडाफोन इन्डिया पछिल्लो वर्ष आइडिया सेलुलरसँग गाभिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.