ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु

याङ्गुन, २८ बैशाख : म्यान्मारको कायिन राज्यमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु हुनुका साथै अरु १५ जना घाइते भएका छन् ।

म्यान्मारको गृह मन्त्रालयका अनुसार उक्त दुर्घटना शुक्रबार बिहान हाइलाङब्वे शहरमा भएको थियो ।

पहाडी मार्गमा उकालो चढ्दै गरेको ट्रक इन्जिनमा खराबी आएसँगै खोल्सामा झरेको प्रहरीले जनाएको छ ।

घाइते सबैलाई उपचारका लागि तत्काल उद्धार गरी अस्पताल भर्ना गरिएको छ ।

नगर प्रहरीले ट्रक चालकलाई लापरबाही तरिकाले ट्रक चलाएको आरोपमा पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.