बाल्यकालमा दुव्र्यवहार : युवा अवस्थामा विद्युतीय चुरोटको प्रयोगकर्ता

वासिङ्टन, २६ वैशाख : बाल्यकालमा दुव्र्यवहार भोगेका बालबालिकामध्ये धेरै जना युवा अवस्थामा विद्युतीय चुरोटको प्रयोगकर्ता हुने गरेको पाइएको छ ।

हालै सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनले दुव्र्यवहार र विद्युतीय चुरोट प्रयोगको सम्बन्धलाई देखाएको हो ।

अध्ययनका क्रममा झण्डै २०८ जना सहभागी भएका थिए ।

अध्ययनमा सहभागीहरु १८ वर्षदेखि २१ वर्षसम्मका रहेका थिए । उनीहरुले बाल्यकालमा दुव्र्यवहार भोग्नु परेकै कारणले आफूहरु अहिले युवा अवस्थामा गलत लतमा फसेको बताएका थिए ।

गलत लतहरुमध्ये धेरैजसो विद्युतीय चुरोट प्रयोगको लतमा परेको अध्ययनकर्ताहरुको भनाइ छ ।

यो अध्ययनका मुख्य मुख्य तथ्यहरु अमेरिकी जर्नलले प्रकाशित गरेको छ ।

“धेरै युवाहरु जोसँग बाल्यकालमा दुव्र्यवहार, घृणाको अनुभव छ, हाम्रो अध्ययनले उनीहरुमध्ये धेरै जना विद्युतीय चुरोटको प्रयोगकर्ता भएको देखाएको छ,” एक अध्ययनकर्ताले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.