कोरियाली प्रायःद्वीपको विषयमा मुन र ट्रम्पबीच वार्ता हुने

सोल, २४ बैशाख : कोरियाली प्रायःद्वीपको विषयमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मङ्गलबार राति टेलिफोन वार्ता हुने भएको छ ।

दक्षिण कोरियाको ब्लू हाउसले उक्त जानकारी दिएको छ ।

अमेरिका र दक्षिणी कोरियाली यी दुई नेताबीच अप्रिल ११ को सम्मेलनपछि कोरियाली प्रायःद्वीपका विषयमा आआफ्नो विचार आदानप्रदान गर्ने ब्लु हाउसका प्रवक्ता को मिन जुङ्गले बताउनुभएको छ ।

गत फेब्रुअरीमा भियतनामको हनोईमा उत्तर कोरियाली नेता किम जोङ् अन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच विना कुनै सम्झौता वार्ता टुङ्गिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.