लडाकूहरु शान्ति र मेलमिलाप प्रक्रियामा सहभागी
जलालाबाद, २३ वैशाख : अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा तालिबान र इस्लामिक स्टेट्स (आईएस) का ३५ जना लडाकूले शान्ति र मेल मिलाप प्रक्रियामा सहभागी भएका छन् ।
प्रान्तीय सरकारले सोमबार विज्ञप्ति जारी गरेर उक्त जानकारी दिएको हो । आइतबार २२ तालिबानी र १३ इस्लामिक स्टेट्स लडाकूहरुले युद्ध त्यागी शान्ति प्रक्रियामा सहभागी भएको जनाएको छ ।
यस साताको शुरुमा नान्गार्हार प्रान्तको ताङ्गी र सिर्जाद जिल्लामा भएका सुरक्षा कारबाहीमा २० भन्दा बढी आईएस लडाकू र दजनौँ सङ्ख्यामा तालिबान लडाकू मारिएको पनि विज्ञप्तिमा जनाइएको छ ।
