प्रतिपक्षी नेतालाई जेल चलानको आदेश

कम्बोडिया, ७ भदौ : कम्बोडियाका राजा नोरोदम सिहामोनीले बिहीबार प्रतिपक्षी दलका प्रमुख नेतालाई जेल चलान गर्ने आदेश जारी गर्नुभएको छ ।

सानो प्रतिपक्षी दल खमेर पावर पार्टीका नेता सौर्न सेरेइ राधालाई जेल चलानको आदेश भएको हो । दरबारको आदेशमा ४५ बर्षीय राधालाई पाँच बर्ष जेल सजाय तोकिएको उल्लेख गरिएको एएफपीले जनाएको छ ।

“नरेशको आदेश कार्यान्वयन गराउने जिम्मेवारी प्रधानमन्त्री सम्देच टेचो हुन सेनको हुनेछ,” आदेशमा राजाले लेख्नु भएको छ । शान्ति सुरक्षामा बाधा पुर्याएको भन्दै गत बर्ष जेल चलान गरिएका १२ जना विपक्षी बन्दीहरूलाई क्षमादान दिने विषयमा पनि प्रधानमन्त्री हुन सेनले राजासँग कुरा गर्ने बताउनुभएको छ ।

दक्षिणी केन्डाल प्रान्तमा बिहीबार आयोजित कपडा उद्योगका हजारौ कामदारहरूको भेलामा उहाँले कुनै बैदेशिक दवावमा नपरी आफ्नै क्षमाभावले उनीहरूलाई क्षमादान गर्न लागिएको दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.