केरलाका मुख्यमन्त्री सहायता शिविरमा

त्रिवन्द्रम, भारत, ७ भदौ : भारतको केरला राज्यका मुख्यमन्त्री पिनारायी भिजायनले बिहीबार यहाँ रहेका विभिन्न उद्धार तथा सहायता शिविरको भ्रमण गर्न लाग्नुभएको छ ।

केरलामा केही दिनयता आएको भीषण बाढीका कारण करिब १० लाख व्यक्ति अस्थायी शिविरहरुमा आश्रय लिन बाध्य भएका छन् । बाढीको प्रकोप अझै जारी छ ।

केरलाको चेन्गान्नुर कोझेन्चेरी, आलाप्पुझा, उत्तर पाराभोर र चालाकुडिमा रहेका विविध साहयता शिविरमा उहाँ जान लाग्नुभएको हो ।

केरलामा बाढीका कारण परिस्थिति अत्यन्त नाजुक छ । केरलाको बाढी प्रभावित क्षेत्रबाट ३५७ व्यक्तिले ज्यान गुमाइसकेका छन् ।

त्यसैगरी यस बाढीका कारण करिब २० हजार करोड भारतीय रुपैयाँ बराबरको नोक्सान भएको बताइएको छ । बाढी प्रभावित इलाकामा फसेका व्यक्तिहरुको उद्धार तथा बेपत्ता व्यक्तिको खोजी कार्य जारी रहेको समाचारमा बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.