हवाई कारबाहीमा सत्र तालिबान लडाकु मारिए

काला इ नाउ, १७ बैशाख : अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा तालिबान लडाकूविरुद्ध जारी रहेको शृङ्खलाबद्ध हवाई कारबाहीमा परी कम्तीमा १९ तालिबान लडाकू मारिएका अफगान सेनाद्वारा मङ्गलबार जारी विज्ञप्तिमा जनाइएको छ ।

सो प्रान्तको आब कमारी जिल्लामा लुकेर बसेका तालिबान लडाकूलक्षित सोमबार अबेर राति भएको हवाई कारबाहीमा तालिबानका जिल्ला प्रमुख मावलवी बिसमिल्लाहसहित १९ लडाकू मारिएका जारी विज्ञप्तिमा जनाइएको छ । यस कारबाहीका परी अन्य चार तालिबान लडाकू घाइते भएका पनि जारी विज्ञप्तिमा जनाइएको छ ।

आब कमारी जिल्लामा अफगान सुरक्षाबलले तालिबान लडाकूविरुद्ध बारम्बार कारबाही गर्दै आएका बताइएको छ । तालिबान लडाकू समूहले भने यस कारबाहीको कुन टिप्पणी गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.