बसिरको सत्ता बहिर्गमनमा ‘सैन्य कू’ भएको होइन : विपक्षी नेता

खार्तूम, सुडान, १४ वैशाख : पूर्व राष्ट्रपतिको सत्ताबाट बहिर्गमनमा ‘सैनिक कू’बाट नभएको सुडानका प्रतिपक्षी दलले जनाएको छ ।

विपक्षी दलका उच्च नेता साद्दिक अल–मेहदीले शनिबार स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै भन्नुभयो,“लामो समयदेखि सत्तामा सम्हालेका पूर्व राष्ट्रपतिले जनतालाई सुशासनको प्रत्याभूत गराउन नसकेको, मूल्यवृद्धि नियन्त्रण रोक्न नसकेको तथा देशमा अत्यधिक भ्रष्टाचार हुँदा पनि यसको नियन्त्रण गर्न असफल भएकोले उहाँ सत्ताबाट बाहिरिनु परेको हो ।”

बसिरको बहिर्गमनमा ‘सैन्य कू’ नभएको उहाँले दावी गर्दै भन्नुभयो, “जनताको आन्दोलनले उच्च सफलता पाइरहेका समय सेनाले निर्वाचनबाट आउने नेतृत्वलाई जिम्मेवारी सुम्पने गरी उहाँलाई सत्ताच्युत गरिएको हो ।

मेहदीले भन्नुभयो, “सञ्चारकर्मीले सुडानमा के भइरहेको छ भन्नेबारे लेख्नु जरूरी रहेको छ । बसिरलाई जनताको जायज मागका आधारमा जनआन्दोलनको भरमा अपदस्त गरेको हो । यसमा बहुमत जनताको समर्थन रहेको छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.