राष्ट्राध्यक्ष सीद्वारा विदेशी नौ सेनाका प्रतिनिधिमण्डलसँग भेटघाट
बेइजिङ, चीन, १० वैशाख : चीनले मङ्गलबार चिनियाँ नौसेना स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरमा छिङ्ग ताउ सहरमा भव्य समारोहबीच स्मरण भएको छ ।
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उक्त अवसरमा विभिन्न मुलुकका प्रतिनिधिमण्डलका प्रमुखसँग सामूहिक भेटघाट गर्नुभएको छ ।
उक्त अवसरमा बोल्दै राष्ट्राध्यक्ष सीले “चीनले दृढताका साथ प्रतिरक्षात्मक नीतिलाई लागू गर्ने, संयुक्त मिलिजुली सहयोगात्मक र दिगो विकास सुरक्षित विचारधाराको स्थापना गर्ने बताउनुभयो ।”
भेटघाटमा राष्ट्राध्यक्ष सीले मावन समाज बाँच्न र विकास गर्न समुद्रको महत्वपूर्ण भूमिका रहनुका साथै समुद्रले जीवन प्रदान गरेको, विश्वलाई जोडेको र विकास अगाडि बढाएको बताउनुभयो ।
थाइल्याण्डका नौसेनाका कमाण्डर लुइचाइ रुडिटले विभिन्न प्रतिनिधिमण्डलका प्रमुखको तर्फबाट बोल्दै चिनियाँ नौसेना स्थापना भएको सत्तरीऔँ वार्षिकोत्सवमा ऐतिहासिक उक्त दिनको स्मरण गर्नुभयो ।
उहाँले चिनियाँ सरकार, चिनियाँ सेनाले मानव भाग्य एकरुपता र सामुद्रिक भाग्य एकरुपता स्थापना गर्नमा योगदान दिएकोमा धन्यवाद ज्ञापन पनि गर्नुभयो ।
