सोह्रौँ साङ्घाई अन्तर्राष्ट्रिय पर्यटन महोत्सव शुरू, ५३ देशको सहभागिता हुने

साङ्घाई, चीन, ५ वैशाख : विश्वका ५३ मुलुक तथा क्षेत्रका ७५० भन्दा बढी संघसंस्था तथा कम्पनी सहभागी सोह्रौँ साङ्घाई अन्तराष्ट्रिय पर्यटन प्रदर्शनी बिहीबार शुरू भएको छ ।

चार दिनसम्म चल्ने उक्त बार्षिक प्रदर्शनीमा सहभागी मुलुकका व्यवसायी तथा संघसंस्थाले उनीहरूका नयाँ उत्पादनलाई चिनियाँ जनता तथा विश्व बजारमा पु¥याउने उद्देश्यका साथ उत्साहजनक रूपमा सहभागिता जनाएका बताइएको छ ।

आफ्ना उत्पादनको प्रवद्र्धन गर्न विश्वका नयाँ तथा ख्यातिप्राप्त कम्पनीले प्रदर्शनीमा आउने उपभोक्ता तथा नयाँ प्रयोगकर्तासँग सम्वाद गर्ने र वुकिङ् हुने सामानमा छुटको व्यवस्था गर्ने जनाएका आयोजकले जनाएको छ । चीनको विश्व विश्वका पर्यटनमा उल्लेख्य योगदान रहने गरेको छ ।

प्रदर्शनीको करिब ६५ हजारभन्दा चिनियाँ नागरिकले अवलोकन गर्ने आयोजकले जनाएको छ ।

चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयका अनुसार गत बर्ष चीनबाट विदेश जाने पर्यटकको सङ्ख्या १४ करोड ९७ लाख २० हजार रहेको थियो । यो सन् २०१७ को तुलनामा १४.७ प्रतिशतको वृद्धि हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.