पुस्तक मेला चाहने चिनियाँ वयस्क ६७ प्रतिशत

बेइजिङ, ३ बैशाख : चीनको ग्रामीण तथा शहरी क्षेत्रका गरी कूल ६७ प्रतिशत वयस्कले पुस्तक मेलाप्रति रुची राख्ने गरेको पाइएको छ ।

पठन संस्कृतिका बारेमा तयार पारिएको एउटा राष्ट्रिय प्रतिवेदन मङ्गलबार सार्वजनिक गर्दै चिनियाँ अधिकारीहरुले यस्तो जानकारी दिएका हुन् ।

उनीहरुका अनुसार ६७ प्रतिशत बयस्कमा पुस्तक मेलासहित विभिन्न पाठ्य गतिविधिहरुमा रुची राख्नेहरुलाई पनि समेटिएको छ ।

चिनियाँ बयस्कमध्ये गत वर्ष सन् २०१८ मा ४.६७ प्रतिशतले छापिएको किताब पढ्ने गरेका छन् भने ३.३२ प्रतिशतले विद्युतीय किताब पढ्ने गरेका छन् ।

वार्षिक रुपमा केही किताब मात्रै पढ्ने गरेको ४० प्रतिशत बयस्कहरुले बताएका छन् ।

सर्वेक्षणका अनुसार १४.६ प्रतिशत वयस्कले आफ्नो पढाइप्रति असन्तुष्टी जनाएका छन् भने २६.३ प्रतिशतले सन्तुष्टी जनाएका छन् ।

यो सर्वेक्षण सन् २०१८ को अगस्तदेखि डिसेम्मबरसम्ममा गरिएको सर्वेक्षणकर्ताहरुले जानकारी दिएका छन् ।

सर्वेक्षणमा देशको २९ प्रदेशका १९ हजार ६८३ जना सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.