जापानी विदेश मन्त्री चीन भ्रमणमा

बेइजिङ, २९ चैत : जापानी विदेशी मन्त्री तारो कोनोले चीनको भ्रमण गर्न लाग्नु भएको छ ।

आगामी अप्रिल १३ बाट १५ सम्म कोनोले चीनको भ्रमण गर्न लाग्नु भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङ्गले शुक्रबार घोषणा गर्नु भएको छ ।

लुका अनुसार कोनो चिनियाँ विदेशी मन्त्री वाङ यीको निमन्त्रणामा चीन आउन लाग्नु भएको हो ।

यस भ्रमणको क्रममा दुई विदेशमन्त्रीबीच पाँचौै उच्च स्तरीय आर्थिक वार्ता हुने लुले बताउनु भएको छ । चीन जापान युवा आदान प्रदान कार्यक्रममा दुबै देशबाट प्रतिनिधित्व हुने प्रवक्ताले थप जानकारी दिनु भो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.