आगलागीका कारण एक वर्षमा ७ हजारको मृत्यु

मस्को, २७ चैत : आगोसम्बन्धी विभिन्न घटनामा परी रुसमा एक वर्षमा सात हजारभन्दा बढीको मृत्यु भएको छ ।

रुसको एक निकायले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०१८ मा आगलागीसम्बन्धी घटनामा परी सात हजार २९६ जनाको मृत्यु भएको हो । मृत्यु भएकामध्ये ४५८ जना बालबालिका रहेको अधिकारीहरूले जनाएका छन् ।

वर्षभरी भएका आगलागीसम्बन्धी कूल घटनामध्ये ६३ प्रतिशत घटना आगो जथाभावी फाल्ने प्रवृत्तिका कारण भएको पाइएको छ । रुसमा धेरै घटना आगो ननिभाइएका चुरोटका ठूटा, सलाई, लाइटरलगायतलाई सही तरिकाले व्यवस्थापन तथा प्रयोग नगरिएकाले भएको अधिकारीहरूले जनाएका छन् ।

त्यसैगरी कतिपय घटना विद्युत् लाइनमा भएको गडबढीले हुने गरेको पाइएको छ । यस्ता घटना धेरैजसो जाडो समयमा हुने गरेको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.