संयुक्त राष्ट्रसंघका महासचिवद्वारा पछिल्लो लिवियाली तनावबारे चासो व्यक्त

त्रिपोली, लिविया, २१ चैत : पछिल्लो समय लिवियामा देखिएको सैन्य तनावप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार चासो व्यक्त गर्नुभएको छ ।

महासचिव गुटेर्रेसले भन्नुभयो, “लिवियाको समस्या सैनिक बलको प्रयोगबाट सम्भव हुँदैन ।” “लिवियाली सरकार र विद्रोही पक्षबीचको वार्ता समस्या समाधानको उत्कृष्ठ विकल्प हो । म लिवियाली नेताहरूलाई भेट्ने तयारी गरिरहेको छु त्यसैले यतिवेला सवैपक्ष शान्त र सम्यमित रहन आग्रह गर्दछु ।”

राष्ट्रसंघका महासचिव बुधबार लिवियाली राजधानी त्रिपोली आउनुभएको हो । पूर्वी क्षेत्रमा रहेका लिवियाली सेनाका प्रवक्ताले बुधबार एक विज्ञप्ति जारी गरी सेनाले देशको पश्चिमी क्षेत्रतर्फ बढ्न लागेको बताउनुभएको थियो ।

लिवियाको राजधानी त्रिपोलीसहित पश्चिममा सैनिक अघि बढ्ने र विद्रोहीको नियन्त्रणबाट लिवियालाई स्वतन्त्र गर्ने सैनिक प्रवक्ताले घोषणा गर्नुभएको थियो ।

यसको केही घण्टापछि राष्ट्रसंघको समर्थन प्राप्त सरकारले सेनाको घोषणाविरूद्ध सार्वजनिक वृत्तमा सचेत बन्न आग्रह गरेको छ । पूर्वमा सैनिकको समर्थन प्राप्त खालिफा हफ्तरको नेतृत्वको सरकार रहेको छ । देशमा अहिले पूर्वी र पश्चिमी क्षेत्रमा दुई छुट्टाछुट्टै सरकारको अस्तित्व रहेको छ ।

सन् २०११ मा तत्कालिन तानाशाह मोहम्मर गद्दाफीलाई जनआन्दोलनको बलमा पदच्युत गरिएपछि अहिले असुरक्षा र अस्तव्यस्थताबीच लिवियाली जनताहरू प्रजातान्त्रिक रूपान्तरणका लागि सङ्घर्षरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.