मालीको निर्वाचन परिणाम अदालतबाट पनि सदर

बामाको, माली, ४ भदौ : मालीको संवैधानिक अदालतले निर्वाचन आयोगद्वारा घोषित निर्वाचन परिणामलाई सदर गरिदिएको छ ।

राष्ट्रपति इब्राहिम बौबाकर केइटाले निर्वाचनमा जित हासिल गरेको विषयलाई अदालतले पनि सोमबार सदर गरिदिएको हो । उहाँका प्रतिस्पर्धी तथा पुर्वमन्त्री सौमैला सिसेले निर्वाचनमा धाँधली भएको दावी गर्दै अदालतमा मुद्दा दायर गर्नु भएको थियो ।

यही अगस्ट १२ तारिखमा भएको निर्वाचनमा ७३ बर्षीय केइटाले ६८ बर्षीय सिसेलाई पराजित गर्नु भएको निर्वाचन आयोगले घोषणा गरेको थियो । केइटाले ६७.१६ प्रतिशत मत ल्याउनु भएको निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

अदालतसमेतले निर्वाचन आयोगको घोषणा र निर्वाचन परिणामलाई सदर गरिदिएपछि केइटाले आगामी सेप्टेम्बर ४ देखि थप पाँच बर्षका लागि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

जिहादीहरूले चलाएको हिंसात्मक आन्दोलनलाई नियन्त्रण गर्न नसकेको भन्दै आलोचनोका बाबजुद पनि केइटा विजयी हुनु भएको हो । मुलुकमा भइरहेका द्वन्द्व अन्त्य गर्नु नै केइटाको मुख्य चुनौति भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.