चीनमा इन्टरनेट प्रयोगकर्ता ५७.७ प्रतिशत

बेईजिङ, ४ भदौ : चीनमा इन्टरनेट प्रयोगकर्ताहरूको सङ्ख्या ५७.७ प्रतिशत पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

इन्टरनेट प्रयोग गर्नेमध्ये २६.३ प्रतिशत ग्रामिण क्षेत्रमा बसोबास गर्ने नागरिक रहेको समाचारमा जनाइएको छ ।
चिनियाँ अनलाइन प्रयोगकर्ताहरूको सङ्ख्या ८० करोड २० लाख पुगेको सोमबार सार्वजनिक गरिएको चिनियाँ अनलाईन विकास विवरणमा उल्लेख छ ।

गत जुन महिनाको अन्त्यसम्मको यो तथ्याङ्कमा इन्टरनेट प्रयोगकर्ताहरूको सङ्ख्या छ महिना अगाडीको भन्दा ३.८ प्रतिशत बढेको देखिएको छ ।

चीनमा कुल ७८ करोड ८० लाख नागरिकले मोवाइलमा इन्टरनेट प्रयोग गर्दछन् । इन्टरनेट प्रयोग गर्नेमध्ये मोवाईलमै इन्टरनेट प्रयोग गर्नेहरूको सङ्ख्या ९८.३ प्रतिशत भएको चाइना इन्टरनेट नेटवर्क इन्फर्ममेसन सेन्टरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.