भूटानमा अक्टोबर १८ निर्वाचन हुने
थिम्पु, भूटान, ३ भदौ : भूटानको निर्वाचन आयोगले आगामी अक्टोबरमा आम निर्वाचन गर्ने घोषणा गरेको छ ।
उक्त निर्वाचनपूर्व भूटानमा राजनीतिक पार्टीको मान्यता पाएका चार दलमध्ये आगामी सेप्टेम्बर १५ मा पहिलो चरणको निर्वाचन हुनेछ जसबाट दुईवटा दलमात्र अर्को चरणका लागि चयन भएर आउने छन् ।
भूटानमा राजाको सहमतिमा निर्वाचन आयोगका प्रमुखले टेलिभिजन कार्यक्रममार्फत निर्वाचनको मिति घोषणा गर्ने व्यवस्था छ । भूटानको निर्वाचन ऐनको खण्ड १८९ ले आम निर्वाचनलाई प्रारम्भिक र जनरल गरी दुई चरणमा गर्ने व्यवस्था गरेको छ ।
प्रारम्भिक चरणमा निर्वाचन आयोगबाट मान्यताप्राप्त सवै दलले प्रतिस्पर्धा गर्न पाउँछन् भने यसबाट छानिएका दुई दलले अर्को चरणमा निर्वाचन लड्नका लागि योग्य हुन्छन् ।
