वसन्तपुरमा चिर ठडाएपछि फागु शुरु

होली पर्व शुरु भएको शुभसाइतमा बिहीबार काठमाडौँको बसन्तपुरमा चीर ठडयाउँदै काठमाडौँ धालासिक्व टोलका मानन्धर समुदाय । आठ दिन अगाडि नै होली पर्व शुरु भएको संकेतस्वरुप यहाँ चीर गाडने प्रचलन रहेको छ । तस्वीर: रत्न श्रेष्ठ

काठमाडौँ, ३० फागुन : काठमाडौँ उपत्यकामा महत्वपूर्ण पर्वका रुपमा लिइएको फागु पर्व वसन्तपुरमा चिर ठडाएपछि आजदेखि शुरु भएको छ ।

प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन शुभ साइत हेरी विधिवत्रुपमा मयलको रूखलाई रङ्गीबिरङ्गी ध्वजा पतकाले सजाएर ‘चिर’ उठाएपछि फागु पर्व शुरुवात भएको मानिन्छ ।

फागु शुक्ल अष्टमीका दिन शुरु हुने उक्त पर्व फागु पूर्णिमासम्म मनाइन्छ । पूर्णिमाको राति चिर ढालेर त्यसलाई टुँडिखेल पु¥याएर दहन गरिन्छ । असत्य शक्तिमाथि सत्यको विजयको सन्देश दिनका लागि फागु पर्वबारे विभिन्न किंवदन्ती पाइन्छ । किंवदन्ती अनुसार हिरण्यकश्यपका पुत्र प्रल्हाद महादेवको भक्त थिए । उनी सत्यको पक्षमा रहेका कारण असत्य शक्तिलाई अवरोध पुगेपछि कहिलै पनि आगोमा नजल्ने फुपू होलिकाले प्रल्हादलाई लिएर आगोमा हाम फाल्दा होलिका दहन भई प्रल्हादलाई केही नभएको कथा पाइन्छ ।

त्यसैगरी भगवान् रामचन्द्रले रावणलाई विजय गरेपछि फागु पर्वमा होली खेल्ने परम्परा शुरु भएको जनविश्वास छ । फागु पूर्णिमाको भोलिपल्ट तराई क्षेत्रमा होली मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.