नातीको अन्त्येष्टिपछि पूर्व राष्ट्रपति लुला पुनः जेल फिर्ता

रियो दि जेनेरियो, १९ फागुन : काराबास सजायँ भोगिरहेका ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भा शनिबार पुनँ जेल फर्किनुभएको छ । उहाँलाई आफ्नो नातीको अन्त्येष्टिमा सहभागी हुन अनुमति दिइएको छ ।

शनिबार बिहानै कुरिटिबास्थित जेलको कोठाबाट झरेर उहाँले एउटा सानो विमानमार्फत अन्त्येष्टि समारोहमा सहभागी हुन करिब ४०० किलोमिटर टाढा रहेको साओपाओलो शहरमा पुग्नुभएको थियो । जहाँ रातो फेटा लगाएका उहाँका सयौँ समर्थक भेला भै लुलाको रिहाइका लागि प्रदर्शन गरेका थिए ।

उहाँको सात वर्षे नाती अर्थर अराउजो जुला दा सिल्भाको शुक्रबार विहान निधन भएपछि अदालतले शुक्रबार नै उहाँलाई अन्त्येष्टिमा सहभागीताका लागि अनुमति दिएको थियो । अदालतले अनुमति दिएपछि शनिबार हुने अन्त्येष्टि कार्यक्रममा उहाँको सहभागीता रहको थियो । सिल्भाले सत्तामा रहँदा पदको दुरोपयोग गरी आर्थिक अपचलन तथा भ्रष्टाचारमा सम्लग्न रहेको अभियोगमा उहाँलाई ब्राजिलको अदालतले १२ बर्षको जेल सजायँ तोकेको छ ।

अन्त्येष्टिमा सहभागी हुन उहाँ साओ पाउलोमा पुग्नुभएको थियो । कडा सुरक्षा व्यवस्थासहित उहाँ विमानबाट कार्यक्रम स्थलमा पुग्ने र कार्यक्रममा सहभागी हुनभएको थियो । ब्राजिलको कानुनमा काराबासमा रहेका व्यक्तिलाई बुवा आमा, सहोदर भाइबहिनी, छोराछोरी वा नाती नातिनाजस्ता निकटस्थको अन्त्येष्टि समारोहमा छोटो अवधिका लागि सहभागी हुन अनुमति दिनसक्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.