हवाई आक्रमणमा परी ३१ को मृत्यु

कलात, अफगानिस्तान, ३१ साउन : अफगानिस्तानमा भएको हवाई आक्रमणमा परी ३१ जना भन्दा बढीको मृत्यु भएको छ ।

अफगान सुरक्षा फौजले लगातार गरेको सुरक्षा कारबाहीमा परी अफगानिस्तानको दक्षिणी जाबुल प्रान्तमा उनीहरू बिहीबार मारिएका हुन् ।
तालिवान लडाकुहरुको अखडा रहेको क्षेत्रमा गोप्य सुचनाका आधारमा आक्रमण गर्दा तालिवान लडाकूहरु नै मारिएको प्रान्तीय प्रहरी प्रमुख मोहम्मद मुस्ताफा मायारले जानकारी दिनुभयो ।

उहाँले जाबुला प्रान्तको शिन्काई, नावबहार, रोहनी बाबा र अन्य केही भागहरूमा सरकारी सुरक्षाकर्मीहरूले बिहीबार विहानै सुरक्षा कारबाही गरेको बताउनुभयो । आक्रमणमा परी अरु केही घाइते पनि भएको समाचारमा जनाइएको छ ।

यसबारे तालिवानी समूहले भने कुनै प्रतिक्रिया जनाइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.