पाकिस्तानबाट लागुऔषध कारोबारमा संलग्न ७७ जना पक्राउ

इस्लामावाद, १२ फागुन : पाकिस्तानको पेशावर सहरबाट प्रहरीले लागुऔषध सम्बन्धी कारोबारमा संलग्न ७७ जनालाई गिरफ्तार गरेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

एक जना वरिष्ट प्रहरी निरीक्षक जहुर अफ्रिदीले सञ्चार माध्यमहरुलाई दिएको जानकारी अनुसार लागुऔषध कारोबारीहरुको सञ्जाल तोड्नेक्रममा ७७ जनालाई पक्राउ गरिएको हो ।

मुलुकको राजधानी शहर पेशावर र पाकिस्तानको खिबर पख्तुनवा प्रान्तका विश्वविद्यालय र सरकारी क्याम्पस वरपर विद्यार्थीहरुलाई लागुऔषध बिक्री गर्ने गरेको सूचनाका आधारमा उनीहरु पक्राउ परेको प्रहरीको भनाई छ ।

प्रहरीले नौ जनालाई अबासिन विश्वविद्यालय र पेशावरको सरकारी कलेज नजिकबाट गिरफ्तार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.