नतिजा उल्ट्याउन सत्तारुढ दलको चुनौती

हरारे, ३० साउन : जिम्बाबेको सत्तारुढ दल जानु पीएफ पार्टीले हालै सम्पन्न निर्वाचनको नतिजा उल्ट्याउन चुनौती दिएको छ ।

निर्वाचनलाई निश्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउन सबै उपाय अपनाइएको दावी गर्दै सत्तारुढ दलले निर्वाचनको नतिजा उल्ट्याउन नमिल्ने बताएको छ ।

निर्वाचनमा धाँधली भएको र निर्वाचनको नतिजालाई स्वीकार्न नसकिने भन्दै विपक्षी दलले अदालतमा दिएको मुद्दाको जवाफमा सत्तारुढ दलले बुधबार यस्तो बताएको हो ।

केही दिन अगाडि भएको निर्वाचनमा सत्तारुढ दलका नेता तथा तत्कालीन राष्ट्रपति इमर्सन मनाङ्ग्वालाई विजयी भएको घोषणा गरिएको छ ।

उहाँलाई निर्वाचित भएको घोषणा गरिएका कागजपत्रहरु पनि सत्तारुढ दल जानु पीएफले संवैधानिक अदालतमा पेश गरेको छ ।

जिम्बाबेको संवैधानिक अदालतमा विपक्षी दल एमडीसी पार्टीले दर्ता गरेको निर्वाचनसम्बन्धी मुद्दा अहिले चलिरहेको छ ।

अहिले निर्वाचित राष्ट्रपति मनाङ्ग्वा लामो समय जिम्बाबेको शासन चलाउनु भएका पूर्वराष्ट्रपति रोवर्ट मुगावेको मातहतमा उपराष्ट्रपति पनि हुनुभएको थियो ।

मुगावेको बहिर्गमनपछि उहाँलाई सेनाले राष्ट्रपति बनाएको थियो भने उहाँकै नेतृत्वमा केही दिन अगाडि निर्वाचन भएको हो । तर निर्वाचन भने विवादमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.