लागुऔषध कारोबारी २७ जनालाई जेल सजायको फैसला

काबुल, ७ फागुन : लागुऔषध कारोबारमा संलग्न भएको अभियोगमा अफगानिस्तानका २७ जनालाई जेल सजायको फैसला गरिएको छ ।

उनीहरूलाई एक वर्ष छ महिनादेखि १८ वर्षसम्मको जेल सजायको फैसला भएको अधिकारीहरूले मङ्गलबार जनाएका छन् ।

लागुऔषधसम्बन्धी अपराध हेर्ने न्यायिक निकायले जारी गरेको वक्तव्यमा अपराधीहरूबाट ठूलो परिणाममा लागुऔषध पनि बरामद गरिएको जनाइएको छ ।

पछिल्लो एक तथ्याङ्कअनुसार सन् २०१८ मा अफगानिस्तानमा मात्रै भण्डै ६४ हजार टन अफिम उत्पादन भएको थियो ।

अफिमको उत्पादन विषेश गरेर पश्चिमी र दक्षिणी क्षेत्रमा हुने गरेको पाइएको अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.