ताइवानमा सक्रिय जनशक्ति घट्दो 

ताइपेइ, २७ माघ : ताइवानमा अघिल्ला वर्षहरुको तुलनामा काम गर्नेहरुको जनसंख्या घट्दै गएको देखिएको छ ।

सन् २०१२ मा कुल जनसंख्याको ७४.२२ प्रतिशत कार्यशीलको संख्या रहेकोमा सन् २०१८ मा घटेर ७२.६२ प्रतिशत भएको अधिकारीले जनाएका छन् ।

आन्तरिक मामिला अधिकारीले यो तथ्याङ्कबाट आश्रितको संख्या बढ्दै गएको देखिएको पनि बताएका छन् ।

सन् २०१८ को अन्त्यसम्ममा ताइवानको कुल जनसंख्या दुई करोड ३५ लाख ९० हजार रहेको तथ्याङ्क छ ।

ताइवानमा १५ बर्षदेखि ६४ बर्षसम्मको जनसंख्यालाई क्रियाशील जनसंख्या मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.