‘मेरो परिवार, बीजेपी परिवार’ अभियान चलाइने

नयाँ दिल्ली, २५ माघ : भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी)ले पार्टीगत रूपमा एउटा छुट्टै अभियान चलाउने भएको छ ।

पार्टीका प्रवक्ता अनिल बलुनीले देशव्यापी रूपमा पार्टीको तर्फबाट ‘मेरो परिवार, बीजेपीको परिवार’ नामक अभियान चलाउने तयारी गरिएको जानकारी दिनुभयो ।

उहाँले बुधबार दिएको जानकारीअनुसार यही फेब्रुअरी १२ देखि देशभरी भाजपाले यो अभियान चलाउने भएको हो ।

अभियान मार्च २ सम्म जारी रहने पनि प्रवक्ता बलुनीले बताउनुभयो । यस अभियानले झण्डै पाँच करोड जनतालाई प्रभावित पार्ने उहाँको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.