पाकिस्तानी महिला अधिकारकर्मी हिरासतमुक्त
इस्लामाबाद, २४ माघ : पाकिस्तानकी एक जना चर्चित महिला अधिकारकर्मी बिहीबार प्रहरी हिरासतबाट मुक्त हुनुभएको छ ।
अरु १७ जनासहित पक्राउ पर्नु भएकी गुलालाई इस्माइलीलाई अहिले मात्र रिहा गरेको अधिकारकर्मीहरुले जनाएका छन् ।
अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेष्टी इनटरनेस्नलले प्रहरी हिरासतमा उहाँलाई स्वेच्छाचारी ढंगले राखेको आरोप लगाएको छ ।
उहाँहरुलाई पठान संबद्र्धन अभियानले मङ्गलबार गरेको शान्तिपूर्ण कार्यक्रमबाट पक्राउ गरिएको समाचारमा जनाइएको छ । पठान जनजातीको अधिकारको माग गर्दै उनीहरुले इस्लामावादमा प्रदर्शन गरेका थिए ।
“यो हिरासत बसाई म र मेरा आफन्तजनका लागि निकै पिडादायी भएको छ, गत तीन घण्टा म कहा थिए भन्ने पनि मेरा आफन्तजनले थाहा पाउनु भएनछ,” उहाँले हिरासतमुक्त भएपछि एएफपीसँग भन्नुभयो ।
उहाँ जागरुक छोरी नामक एक गैरसरकारी संस्थाकी उपसंस्थापक हुनुहुन्छ । विशेष गरेर लैङ्गिक समानताका लागि काम गर्दै आउनुभएकी इस्माइलीले विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान पाउनु भएको छ ।
