इटाली लेबनानमा लगानी गर्न तयार : प्रधानमन्त्री कोन्टे
बेरूत, लेबनान, २४ माघ : इटाली आफ्नो देश लेबनानमा लागानी गर्न इच्छुक रहेको यहाँका प्रधानमन्त्री जिसेफी कोन्टेल बिहीबार बताउनुभएको छ ।
“इटालीका कम्पनीहरूले लेवनानी विकासका लागि आफ्नो विज्ञतालाई साट्न र एक असल छिमेकीको भूमिका निर्वाह गर्न चाहन्छ,” प्रधानमन्त्री कोन्टेलाई उद्धृत गर्दै यहाँको राष्ट्रिय टेलिभिजन एमटिभीले जनाएको छ ।
“हामी लेवनानी प्रधानमन्त्री साद हरिरिलाई इटालीमा लागानीबारे छलफल गर्नका लागि स्वागत गर्न सहमत छौँ,”कोन्टेले बेरूतमा हरिरिसँगको संयुक्त पत्रकार सम्मेलनमा भन्नुभयो ।
प्रधानमन्त्री कोन्टे औपचारिक भ्रमणका लागि बिहीबार विहान लेबनान पुग्नुभएको हो । उहाँलाई लेवनानी समकक्षी हरिरिले विशेष सम्मानसाथ विमानस्थलमा स्वागत गर्नुभएको थियो ।
दुई नेताबीच आजै भएको भेटमा कोन्टेले आफ्नो मुलुकले लेबनानलाई हरेक क्षेत्र र तहमा सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।
यसैबीच इटालीका कम्पनीहरूले तेल तथा विद्युत क्षेत्रमा गरेको सहयोगको प्रशंसा गर्र्दै भन्नुभयो, “हामी चाहन्छौ, इटालीका कम्पनीहरूले लेबनानमा थप लगानी प्रबाह गरेर यहाँको विकासमा थप सहयोग गर्नेछन् ।”
उक्त अवसरमा हरिरिले लेवनानले विभिन्न क्षेत्रमा कैयौँ आधारभूत संरचना निर्माणका लागि अघि बढेको र यसमा इटालीको सहयोगलाई स्वागत गर्ने बताउनुभयो ।
