चीनमा अत्यधिक हिमपात हुने पुर्वानुमान

बेइजिङ, २३ माघ : चीनको मध्य तथा उत्तरी क्षेत्रमा आगामी केही दिन अत्यधिक हिमपात हुने पूर्वानुमान गरिएको छ ।

राष्ट्रिय जलवायु केन्द्रले बुधबार सार्वजनिक गरेको पुर्वानुमान अनुसार बुधबार रातिदेखि नै ती क्षेत्रहरूमा अत्यधिक हिमपात शुरु हुनेछ ।

हिमपात आउँदो शुक्रबारसम्म हुन सक्ने जलवायु केन्द्रका उच्च अधिकारीहरूले अनुमान गरेको समाचारमा जनाइएको छ ।

स्वशासित क्षेत्र तिब्बतमा भने बुधबार रातिदेखि शनिबारसम्म नै हुन सक्ने जलवायु केन्द्रको पूर्वानुमान छ ।

केन्द्रले दक्षिणपूर्वी क्षेत्र र साङगोङ, हुबेइ र हुनना प्रान्तमा भने बाक्लो हुस्सु लाग्न सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.