इसीबी प्रवक्ताद्वारा व्याजदरमा परिवर्तन नगर्ने जानकारी

फ्राङ्कफर्ट अम्माइन, जर्मनी, १० माघ : यूरोपेली केन्द्रीय बैंकका नीति निर्माताहरूले तत्काल व्याजदर वृद्धि नगर्ने बताएका छन् ।

बैंककी प्रवक्ताले बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्तिमा सन् २०१९ को ग्रीष्म ऋतुसम्म बैंकले ब्याजदरमा कुनै परिवर्तन नगर्ने निर्णय भएको उक्त बैंककी प्रवक्ताले पुष्टि गरेकी हुन् ।

फ्राङकफर्टस्थित यूरोपेली केन्द्रीय बैंकको पुनः वित्त दर शुन्य प्रतिशत कायम गरिएको छ भने सिमान्त ऋण सेवाका लागि ०.२५ प्रतिशत र निक्षेपमा माइनस ०.४ प्रतिशत अर्थात् इसीबीमा जम्मा गरिएको रकमका लागि अन्य बैंकहरूले माइनस ०.४ प्रतिशतका दले रकम बुझाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.