मालढुंगामा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु, ३८ जना घाईते

बागलुङ, ३ माघ : पर्वतमा कुश्मा नगरपालिका मालढुंगामा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

बिहीबार बिहान म्यादीको बेनीबाट छुटेको ग १ ख ६१०८ बस दुर्घटना भएको हो । दुर्घटनामा ३८ जना घाईते भएका छन् । घाईतेलाई उपचारको लागि धौलागिरी अञ्चल अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घाईते मध्ये अधिकांशको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख दिपक रेग्मीले जानकारी दिए ।

मृत्यु हुनेहरूको सनाखत हुन सकेको छैन । मृतक तीनै जनाको शव पर्वत जिल्ला अस्पतालमा पठाईएको रेगमीले बताए । घटनाको जानकारी पाए लगत्तै घटनास्थलमा पुगेको प्रहरले घनाईतेको उद्धार गरेको छ । बस कालिगण्डकी किनारमा सडक भन्दा झण्डै १ सय ५० मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.