सिरियामा भएको विस्फोटमा ३० हताहती

दमास्कस, २ माघ : सिरियाको उत्तरी शहर मन्बीजमा भएको विस्फोटनमा परी कम्तीमा तीस जनाको हताहती भएको छ ।

अमेरिका नेतृत्वको गठबन्धन सेनालाई लक्षित गरी भएको तीसमध्ये केहीको मृत्यु र केही घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

बुधबार घटना भएको सो ठाउँ कुर्दिसहरुको नियन्त्रणमा रहेको ठाउँ मानिन्छ । सो ठाउँ एलेप्पो प्रदेशमा पर्दछ । घटानाका बारेमा पूर्ण विवरण भने आउन बाँकी नै रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.