राष्ट्रसङ्घीय पर्यवेक्षकलाई सिनजियाङमा सशर्त स्वागत गरिने

बेइजिङ, चीन, पुस २३ : चीनले संयुक्त राष्ट्रसङ्घीय अधिकारीलाई अशान्त भनिएको सिनजियानको पश्चिमी क्षेत्रमा सशर्त स्वागत गर्ने सोमबार बताएको छ । उसले अधिकारीहरूले त्यहाँ प्रवेश गरेपछि चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नपाउने शर्त राखेको छ ।

राष्ट्रसङ्घ मानव अधिकार प्रमुख मिसेल बाचेलेटले गत बर्षको डिसेम्बरमा राष्ट्रसङ्घले मुश्लिम अल्पसङ्ख्यक बसोबास गर्ने वस्तीहरूमा चलाएको शैक्षिक शिविरबारे जानकारी लिन चाहेको बताउनुभएको थियो । राष्ट्रसङ्घको आह्वानलाई स्वीकार्दै चीनले पछिल्लो निर्णय लिएको चिनियाँ अधिकारीले बताएका छन् ।

पाकिस्तान र अफगानिस्तानसँग सीमा रहेको चीनको उत्तरपश्चिमी क्षेत्रमा उइगुर अल्पसङ्ख्यक समुदायमाथि मानव अधिकार उल्लङ्घनका खबरहरू बाहिरिएका समय राष्ट्रसङ्घ मानव अधिकार निकायले चासो व्यक्त गरेको हो ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता लु काङले भन्नुभयो, “सिनजियान एक खुला क्षेत्र हो, हामी राष्ट्रसङ्घ लगायत सवै पक्षलाई भ्रमणका लागि यहाँ स्वागत गर्दछौँ । तर जोकोहीले पनि चिनियाँ कानून र नियमको पालना गर्नुपर्छ । तर त्यहाँ जाँदा उचित प्रक्रियालाई पालना गर्नुपर्छ ।” उहाँले थप्नुभयो, “तर राष्ट्रसङ्घीय अधिकारी र विज्ञसहित विदेशी नागरिकले चीनको आन्तरिक मामिलामा हस्तक्षेप भने गर्न पाउने छैनन् ।”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.