विद्रोहीविरुद्ध म्यानमार सैनिकको “कडा कारवाही” अभियान

म्यानमार, २३ पुस : म्यानमारको सरकारी सेनाले आदीवासी राखिने समुदायका विद्रोहीविरुद्ध ‘कडा कारवाही’ अभियान सुरु गरेको छ ।

गत हप्ता उनीहरुले चार प्रहरी कार्यालयमा मानवीय क्षति नै हुनेगरी आक्रमण गरेपछि कारबाही अभियान सुरु गर्नु परेको सरकारी अधिकारीहरूको भनाई छ ।

सरकारका एकजना प्रवक्ताले हिंसाबाट हजारौ घरपरिवार प्रभावित भएका जनाए । उनले सुरक्षा कारबाही आवश्यक देखिएकोले राज्य सोही अनुरूप अघिबढ्ने सोमबार बताएका छन् ।

म्यानमारको पश्चिमी राखिने राज्यमा पछिल्ला केही हप्ता श्रीङ्लखाबद्ध रुपमा हिंसाका घटनाहरू भइरहेका छन् ।

राखिने बौद्ध समुदायको हतियारधारी समूहका रुपमा चिनिने अराकान आर्मी (एए) र सरकारी सुरक्षा फौजका बीचमा झडपहरू भएका छन् ।

अहिले हिंसात्मक घटनाहरू भएको क्षेत्र म्यानमारकै सवै भन्दा गरिव क्षेत्र मानिन्छ । गहिरो जातिय तथा धार्मिक घृणाका कारण गरिबी भएको ठानिएको छ ।

म्यानमारको सैनिकले गत सन् २०१७ मा चालाएको सुरक्षा कारबाही अभियानका कारण सयौँ हजार मुस्लीम समुदायका रोहिङ्ग्याहरु देश छाडेर बङ्लादेश विस्थापित भएका छन् ।

रोहिङ्ग्या लडाकूहरुकै कारण सेनाले उनीहरु माथी कडा कारबाही गर्नु परेको सैन्य अधिकारीहरुले दावी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.